१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने माओवादी केन्द्रको निर्णय


1.183k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आइतबारबाट सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

माओवादीको केन्द्रीय कमिटी बैठक आइतबार विहान ८ बजे बस्दैछ ।