
सर्लाही । नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत हिजो साँझ हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बाटो काट्ने क्रममा साइकलले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाईते हुनुभएकी लक्ष्मीपुरकी ५५ वर्षीया सैफुल खातुनको उपचारका क्रममा राती प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
महिलालाई ठक्कर दिने साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्