२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


भारतमा ६० वर्षमाथिलाई बुस्टर डोज


143
Shares

काठमाडौं । भारतमा ६० वर्षमाथिका सबैलाई आगामी जनवरीबाट बुस्टर डोज दिइने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने जानकारी दिनुभएको छ ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिइने जानकारी दिनभयो ।

त्यस्तै, १५ वर्षदेखि १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने पनि प्रधानमन्त्री मोदीको भनाई छ ।

सम्बोधनकै क्रमममा उहाँले कोरोनाको संक्रमण कायम रहेको भन्दै अहिले ओमिक्रोनको नयाँ सक्रमण समेत बढेको अवस्थामा बालबालिकालाई कोभिड विरुद्धको खोप दिइँदा महामारी विरुद्धको लडाई सशक्त हुने र विद्यालयमा अध्ययन अध्यापनको वातावरण समेत सहज हुने बताउनु भयो ।

भारतमा अहिलेसम्म भारतमा ६१ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ९० प्रतिशतले पहिलो डोज लगाएका छन् ।