
सिन्धुली । विगत लामो समयदेखि पिउने पानीको अभावमा रहेको सिन्धुलीको मरिण गाउँपालिका कार्तिके पाँचघरेमा स्वच्छ खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् ।
बर्षौ देखि खानेपानीको अभावमा रहेका स्थानीयका लागि डबल लिफ्ट प्रविधिबाट खानेपानी पुर्याईएको हो ।
खानेपानी गाउँमा पुगेपछि करिब ६ सय जनसंख्याले उपभोग गर्न पाएका छन् । स्वास्थ्यका लागि पानी नेवा, मरिण गाउपालिका र स्थानीय उपभोक्ताहरुको साझेदारीमा ७७ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।
खानेपानीको अभावका कारण सो गाउँ छाडेर सयौं मानिसहरु बसाई सरेका स्थानीयले जानकारी दिएका छन् ।
पानीको अभावमा आधा रातको समयमा गाग्री र घैंटो बोकेर कुवा र खोलामा पानी लिन जानु पर्ने कातिके पाँचघरे गाउँका स्थानीय बासिन्दाहरुको बाध्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्