१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


सुनचाँदीको मूल्य यथावत्


143
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि यथावत् रही सोही मूल्यमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज यथावत् रही १ हजार २ सय ६० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।