
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि सर्वोच्च अदालत परिसरमा बारले आन्दोलन गरेको हो ।
अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानव अधिकारकोे मेरुदण्ड भएको तर न्यायपालिकाभित्र अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रभाव बढ्दै जाँदा न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको बताउनु भयो ।
सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नेताहरु सम्पत्ति शुद्धिकरण कार्यालयमा जाने तयारीमा रहेको बताउनु भयो । उहाँले छानबिन गर्न बारले सहयोग गर्ने पनि बताउनु भयो ।
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध पदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्