
काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा ऊर्जा मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्नु नै माओवादी पाटीको उद्देश्य भएको बताउनुभयो ।
आइतरबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन मन्त्री भुसालले सो कुरा बताउनुभयो ।
मन्त्री भुसालले समाजवादउन्मुख प्रतिवेदन तयार गरेको भन्दै त्यसमाथि गहन छलफल हुने पनि बताउनुभयो ।
नेतृ भुसालले टोलदेखि वडा, पालिका प्रदेश र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरेपछि अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्