
काठमाडौं, पुष ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ ।
आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको बताउनुभएको छ ।
उहाँले ‘माओवादी जनयुद्ध र मधेश जनविद्रोह नभएको भएको यो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन। ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको हो ।’ भन्नुभयो ।
अध्यक्ष यादवले ,‘ आन्दोलन र परिवर्तनपछि धेरै सरकार बने । माओवादीको नेतृत्वमा पनि सरकार बने। सत्य मेलमिलाप आयोग अलपत्र छ। बेपत्ता पारिएका परिवारले अहिलेसम्म न्याय पाएका छैनन्। उनीहरुले न्याय पाउनैपर्छ।’ भन्नुभयो ।
उहाँले शोषित, उत्पीडित जनताको संविधान बनाउन संविधान संशोधन र परिमार्जन महसुस गर्न नपाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्