
काठमाडौं, पुष ११ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसक्दा आफूलाई पछुतो लागेको बताउनुभएको छ ।
आइतबार माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै एमालेका महासचिव शंकर पोखरेलले अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताउनुभएको हो ।
उहाँले ‘कार्यनीति र स्वार्थको प्रश्नमा अल्झिएका कारण हाम्रा महान उद्देश्यहरु प्रभावित भएका छन् । नेकपा गठनको उद्देश्य सही थियो । नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ’, भन्नुभयो ।
एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्नु कुनै गलत नभएको पनि बताउनुभयो ।
उहाँले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्