
काठमाडौं, पुष ११ । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ । सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको छ ।
दुई दिने खेलका सबै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिने संघले जनाएको छ ।
आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सबै मार्सल आर्टको प्रबल पक्षलाई समेटेर वज्रको प्रतिपादन गरिएको बताउदै प्रतिभाशाली खेलाडीलाई संघले आफ्नै खर्चमा बन्द शिविरमा राखेको र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने योजना समेत रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्