
सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशी जलविद्युत आयोजनामा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरको पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेका छन् ।
फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार पाइप पड्किएर उनीहरु बेहोस भएकोमा ओखलढुङ्गास्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बले जनाएको छ ।
घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो । घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्