२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विदेश जाने सबै नागरिकलाई जोनसनको खोप, उपत्यकाका चार अस्पतालमा लगाइने


234
Shares

काठमाडौं, पुष १२ । सरकारले विदेश जानेहरुका लागि कोरोना भाइरसविरुद्धको जोनसनको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै विदेश जाने सबैका लागि उपत्यकाका चार अस्पतालबाट जोनसनको खोप दिने व्यवस्था मिलाएको जनाएको हो ।

एक डोज मात्र लगाए पुग्ने जोनसनको खोप विरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल रहेका छन् ।

मन्त्रालयले खोप लगाउन जाँदा अनिवार्य रुपमा पासपोर्ट र भिसा लिएर जान आग्रह गरेको छ ।