१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


थपिए २७१ संक्रमित, २२५ जना संक्रमणमुक्त


104
Shares

काठमाडौं, पुष १२ । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१५७ जनाको पिसिआर र १७२९जनाको एन्टिजेन परीक्षण गर्दा २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जना मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको छ ।

सोमबार २२५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल ४९३१ जना सक्रिय संक्रमित रहेका छन् ।