१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


लोकगायक पंगेनीलाई पितृशोक


0
Shares

काठमाडौं, माघ २० । लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो ।

काठमाडौंको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ । उनी दमसम्बन्धी समस्याबाट पीडित थिए ।

उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उनका दुई छोरा र एक छोरी छन् । स्व. बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । रासस