१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्मला र नन्कुन्नीको हत्या छानविनमा राज्यमाथि नै आशंका छ : अध्यक्ष भट्टराई


312
Shares

काठमाडौं, पुष १२ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको छानविनमा ढिलाइ हुँदा राज्यमाथि नै आशंका बढेको बताउनभएको छ ।

सोमबार माइतीघर मण्डलामा जारी धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले आजसम्म घटनाको न्यायपूर्ण छानविन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिएको बताउनुभयो । सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

कुर्मी हत्या प्रकरणको सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन् । महिला अधिकारकर्मी रुबी खानले आफुहरु महिनौदेखि न्यायका लागि धर्ना बसेको भएपनि सरकार आफुहरुको मागमा संवेदनशील नभएको बताउनुभयो ।