
काठमाडौं, पुष १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको छ ।
सोमबार काठमाडौंमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको हो । उहाँले कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकाको शिक्षाका लागि भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताउनुभयो ।
महामन्त्री थापाले बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउन र समस्यामा परेकाहरुलाई उचित शिक्षा दिन अभियानले काम गर्ने बताउनुभयो ।
भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २/२ वटा जिल्लामा सुरु हुनेछ । ती जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीको शिक्षाका लागि सहयोग गर्ने र आवश्यक्ताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध उपलब्ध गराउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्