
काठमाडौं, पुष १२ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सम्पति छानविन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठले बार अब प्रधानन्यायाधीश राणाको राजीनामा माग मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानविन गर्नु पर्ने माग राखेर आन्दोलन जारी राख्ने बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश राणा भएकाले उहाँको सम्पति छानविन हुनु पर्ने बताउनुभयो । उहाँले बारले दुई महिनादेखि निरन्तर रुपमा न्यायालयमा भएको विकृति, विसंगति र भष्टचार विरुद्धमा आन्दोलन गर्दै आएको बताउनुभयो । उहाँले आन्दोलनका कारण केही हदसम्म न्यायलयका विचौलीयाले गर्ने चलखेल रोकिएको बताउनुभयो ।
प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि आन्दोलित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्