१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्य दलले ३१ वर्षदेखि मुलुकलाई बन्धक बनाए : राजेन्द्र लिङ्देन


377
Shares

पूर्व नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलले ३१ वर्षदेखि मुलुकलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।

पार्टीको गण्डकी प्रदेश सम्मेलन अगाडी पुर्वी नवलपरासीको कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

प्रजातन्त्र, गणतन्त्र र धर्म निरपेक्षको नाममा कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको भन्दै अब मुख्य राजनितिक शक्तिको रूपमा प्रजातन्त्र पार्टीलाई विश्वास गर्न आग्रह गरे ।

राजतन्त्र र सनातन हिन्दु धर्मले मात्र नेपालको समृद्धी र विकासमा टेवा पुर्याउने भन्दै अबको निर्वाचनमा राप्रपा पहिलो पार्टी हुने दाबी गरे ।

विदेशीको चलखेलमा परेमा गणतन्त्र र धर्म निरपेक्ष बनाउने राजनितिक दललाई अब जनता आफैँले पाखा लगाउने लिङदेनको भनाई थियो ।

आज र भोली पुर्वी नवलपरासीको कावासोतीमा हुन लागेको प्रदेश सम्मेलनले आगामी कार्यनिति र प्रदेश राजनितिक दस्तावेज तयार पार्ने राप्रपा नेपाल पुर्वी नवलपरासीका अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो ।