१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


व्यास क्षेत्रलाई तीर्थ स्थलको रुपमा विकास गर्ने छुँ : मन्त्री भट्टराई


0
Shares

तनहुँ, माघ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वेदव्यासको जन्मभूमिलाई पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने बताएका छन् ।

तनहुँको दमौलीमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टराईले व्यास क्षेत्रलाई तीर्थ स्थलको रुपमा विकास गर्न सरकारले आउँदो बर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

वेदव्यासकोे १ सय ८ फिट अग्लो मूर्ति निर्माण गर्नका लागि महायज्ञको आयोजना गरिएको हो ।

मूर्ति निर्माण गर्न ६४ करोड रुपैँया लाग्ने जनाइएको छ । महायज्ञ २८ गतेसम्म चल्ने आयोजक शिवपञ्चायन विकास कोषले जनाएको छ ।