
काठमाडौं, पुष १२ । सरकारले मेडिकल कलेज र निजी अस्पतालहरुलाई कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै खोप केन्द्र सञ्चालन गर्न इच्छुक मेडिकल कलेज र ५० बेड भन्दा माथीका निजी अस्पतालहरुलाई समन्वय गर्न आह्वान गरेको हो ।
विज्ञप्तिमा, ‘यसै सन्दर्भमा सबै मेडिकल कलेजहरू र ५० बेड क्षमताभन्दा बढी भएका निजी अस्पतालहरूले यदि खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा माथिका नेपाली नागरिकहरूलाई नेपाल सरकारको नियमानुसार कोभिड-१९ विरुद्दको खोपहरू उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउनलाई आह्वान गरिन्छ,’ उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्