
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भएको छ ।
आज र भोलि राजमार्ग क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
उक्त अवधिभर राष्ट्रिय राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात चल्न दिइने छ भने घर बाहिर हिडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा लगायतका गतिविधि गर्न पाइने छैन ।
पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय राजमार्ग र चोहर्वादेखि सिराहा सडक खण्डको पिकेराज पेट्रोल पम्पसम्म ५०० मिटर आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।
जनमत पार्टीका कार्यकर्ताले केही दिन अघिदेखि सिराहमा आन्दोलनका नाममा सडकमा सवारी साधनहरु तोडफोड गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्