
काठमाडौं । संकटग्रस्त अफ्रिकी मुलुक सोमालियाका प्रधानमन्त्री मोहमद हुुुसैन रोब्लेलाई निलम्बन गरिएको छ ।
सोमालियामा निर्वाचन गर्ने बिषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच बिबाद भएपछि राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले प्रधानमन्त्री रोब्लेलाई निलम्बन गर्नुभएको हो ।
ती बाहेक राष्ट्रपतिले प्रधानमन्त्रीलाई जमीन ओगट्ने बिषयमा हस्तक्षेप गरेको आरोप पनि लगाएको बुझिएको छ ।
यता, प्रधानमन्त्री रोब्ले भने राष्ट्रपतिलाई भ्रष्टाचारीको संज्ञा दिंदै भ्रष्टाचारको पर्दाफास हुने डरले आफुलाई निलम्बन गरिएको बताउनु भएको छ ।प्रधानमन्त्रीको निलम्बनसँगै सोमालियाको राजनैतिक स्थिरतामा आँच आउने आंकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्