
काठमाडौं, पुष १३ । माओवादी केन्द्रले संविधानको व्यवस्थाअनुसार सबै समूहहरुको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने भएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले युवा, महिला, मुस्लिम, आदिवासी जनजाति लगायतको समानुपातिक प्रतिनिधित्व हुने गरी कमिटी निर्माण गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि भइरहेको समूहगत छलफलमा केन्द्रीय नेताहरुपनि सहभागी भएर सहजीकरण गर्ने भएका छन् ।
सम्मेलनको समूहगत छलफल बुधबार दिउँसो १ बजेसम्म सक्ने र त्यसपछि बन्द सत्रमा सुझावहरू पेस गर्दै आउँदो १६ गते महाधिवेशनका सबै काम सम्पन्न गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्