
काठमाडौं, पुष १३ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सेयर बजारको सुरक्षित रुपमा विकास हुन नसेकेको बताउनु भएको छ ।
पूर्वगभर्नर नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताउनु भएको हो । उहाँले लामो समयदेखि पुँजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताको लागि राम्रो नभएको बताउनुभयो ।
उहाँले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरु उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताउनु भयो । नेपालले सेयर बजार एकदमै सम्वेदनशिल क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले शेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताउनुभयो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सधैं बजारप्रति सकारात्मक रहेको बताउनुभयो ।
पूर्वगभर्नर नेपालले विश्वमा नै शेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्