३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


३६७ जना प्रहरीविरुद्ध उजुरी


221
Shares

काठमाडौं, पुष १३ । गत साउनदेखि मंसिरसम्म कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।

अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा उजुरी परेको हो ।

उजुरी परेकामध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

२२९ वटा घटनाको छानबिन सकिएको उहाँको भनाइ छ । यही अवधिमा एक हजार १४५ जना प्रहरी कर्मचारीमा परेका छन् । कारबाहीमा पर्नेमा ३ जना एसपी, ४ जना डीएसपी, १२ जना इन्स्पेक्टर, ४६ जना सई र ४६ जना असई रहेका छन् ।

त्यस्तै, ३०५ जना हवल्दार, ६७५ प्रहरी जवान कारवाहीमा परेका छन् । प्रहरीले यही अवधिमा एक हजार ९८० जनालाई प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरेको जनाएको छ ।