२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट छपाइको निरीक्षणमा यातायातमन्त्री यादव


247
Shares

काठमाडौं, पुष १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले यातायत व्यवस्था विभागमा भइरहेको स्मार्ट लाइसेन्स र सवारी इम्बोस्ड नम्बर प्लेट छपाइको निरीक्षण गर्नु भएको छ ।

उहाँलाई विभागका महानिर्देशक नमराज घिमिरेले स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट छपाइ प्रक्रियाबारे जानकारी गराउनु भएको थियो । निरीक्षणपछि मन्त्री यादवले अब काठमाडौं बाहिरका सेवाग्राहीहरुले लाइसेन्स नवीकरण गरेपछि हुलाकमार्फत घरघरसम्म पु¥याउने व्यवस्था गरिने बताउनु भयो ।

हाल बितरण गर्न बाँकी ४ लाख ५० हजार सवारी स्मार्ट लाइसेन्स आउँदो माघ मसान्तसम्म वितरण गरिसक्ने विभागका महानिर्देश नमराज घिमिरेले जानकारी दिनुभयो ।

विभागको मास प्रिन्टरबाट दैनिक ८ देखि १० हजारप्रति लाइसेन्स छपाइ हुँदै आएको छ । झिकाएको १४ लाख कार्ड आइसकेको र दैनिक ३ सिफ्टमा छपाइको व्यवस्था मिलाएको विभागले जनाएको छ ।