१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुराका किसान आलु खेतीतर्फ आकर्षित


208
Shares

डडेल्धुरा, पुष १३ । डडेल्धुराका किसान पछिल्लो समय आलु खेतीतर्फ आकर्षित भएका छन् ।

चार वर्ष अगाडि एक सय हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती हाल सात सय हेक्टर क्षेत्रफलमा बिस्तार भएको हो ।

जिल्लामा आलु सुपर जोन लागु भएपछि कार्यालयले लिएको लक्ष्यभन्दा बढी क्षेत्रका कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाइले आलुखेतीका लागि उन्नत जातको बिउ, मल तथा प्रविधिमा हाते ट्रयाक्टर जस्ता यन्त्र उपकरण र प्राविधिक तथा परामर्श सहयोग प्रदान गरेपछि किसानहरु यस तर्फ आर्कर्षित भएका हुन् ।

हिउँदे मौसममा गहुँ खेती गर्दै आएका किसानहरु परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै व्यवसायिक आलु खेतीमा लागेको परियोजनाले जनाएको छ ।