
काठमाडौं, पुष १३ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताउनुभएको छ ।
नेपाल ओलम्पिक कमिटीको साधारण सभा उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको जिकिर गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था आएको बताउनुभयो ।
अहिलेको खेलकुदको विषय कुनै व्यक्तिसँगको नभई देशको समग्र खेल क्षेत्रको विसकासँग जोडिएकाले यसलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नु पर्ने मन्त्री गहतराजको धारणा छ ।
नेपाल ओलम्पिक कमिटिमा अध्यक्ष जीवनराम श्रेष्ठले, मैदान र खेल संघमा हुनुपर्ने तर, दुभाग्य अदालतमा भइरहेको आरोप लगाउनुभयो ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेपछि पूर्व सदस्य सचिव सिलवाल अदालत जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्