११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरूप बनाउनुपर्छ : बालकृष्ण खाँण


52
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ग्रामीण भेगमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गर्नुभएको छ ।

२४औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा गृहमन्त्री खाँणले ग्रामीण भेगमा पनि भूकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

शहरी क्षेत्रमा ठूला भवन र विद्यालय भवन बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उल्लेख गर्दै उहाँले ग्रामीण भेगमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराउनुभयो

ग्रामीण भेगमा जनसंख्या वृद्धि भएसँगै तीव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उहाँको भनाइ छ ।

गृहमन्त्री खाँणले यस वर्षको भूकम्प सुरक्षा दिवस औपचारिक कार्यक्रम भन्दा पनि सन्देशमूलक कार्यक्रमको रूपमा मनाउन निर्देशन दिनुभयो । भूकम्प सम्बन्धी सचेतना कार्यक्रम र प्रचारप्रचार सबै नागरिकसमक्ष पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।