१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राजसंस्थाको आवश्यकता झनै बढ्यो : अध्यक्ष लिङदेन


728
Shares

काठमाडौं, पुष १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताउनु भएको छ ।

लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै भएर जाने जिकिर गर्नुभयो ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपाललाई अन्य देशबाट आउनसक्ने खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गर्नुभयो ।

राजा विरेन्द्रले विदेशीसँग नझुकी २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको लिङ्देनले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गर्नु भयो । उहाँले स्वर्गीय राजा विरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराउनुभयो ।