
बागलुङ । जिल्लामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।
बडिगाड–२ जिमीका २४ वर्षीय कमलगिरी र सल्यानको कपुरवोट गाउँपालिका–६ कपुरबोट घर भई हाल बरेङमा सडक निर्माणको कामगर्दै आएका ५५ वर्षीय तिलबहादुर महतराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
गिरीको पाइपलाइनको काम गरेर फर्कने क्रममा गोरेटो बाटोबाट ३५ मिटर तल भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । महतराको आफू बस्ने क्याम्पनजिकै सानखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी भिरबाट खसेको अवस्थामा भेटिएको हवारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्