१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथरको ताङ्लेपामा लागलागी हुँदा तीन घर जलेर नष्ट, करिब ५० लाखको क्षति


91
Shares

पाँचथर, पुष १४ । पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ ।

बुधबार भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेर नष्ट भएका छन ।

घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय मेमेङबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।