
हेटौंडा, पुष १४ । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त हुनुभएको छ । प्रदेश सरकार चितवनका पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरिएको छ ।
मूख्यमन्त्री राजेन्द्र पाण्डेले बुधबार पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो ।
मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र ४ सदस्य गरी पाँच सदस्यीय मनोनित पदाधिकारी रहने व्यवस्था रहेको छ । आयोगमा एक महिलासहित दुई सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।
नीति तथा योजना आयोगको नियुक्तिसँगै आवधिक योजनाको समिक्षा तथा आगामी वर्ष २०७८/७९ को योजना तर्जुमा प्रक्रिया अघि बढने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्