
काठमाडौं, पुष १४ । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंले उक्त आदेश दिएको हो ।
उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुमध्ये १२ जनालाई पक्राउ गरिएको थियो भने ९ जनालाई धरौटीमा छाडिएको छ ।
सीआइबीले सिभिल सहकारी ठगी प्रकरणमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्