
काठमाडौं । आज पनि देशभर बदली रहेको छ भने केही स्थानमा बिहानैदेखि वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने क्रम पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस थियो भने आज दिउँसो १५ डिग्री सेल्सियससम्म पुग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज दिनभर बदली रहे पनि वर्षाको सम्भाना भने न्यून रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भेगमा हल्का वर्षा हुनेछ ।
आजराति पनि पहाडी भेगमा सामान्य बदली रहने र अन्य भेगमा आंशिक बदली रहनेछ । पश्चिमी वायुको न्यून चापीय प्रणाली अझै कही दिन नेपालमा रहने पनि विभागको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्