
चितवन । हिजो बेलुकी साँढे ५ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ नौ किलोबाट त्रिशुली नदीमा खसेको ट्रकका चालक अझै सम्पर्क विहीन रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडकखण्डको नौ किलो भन्ने ठाउँबाट सिमरादेखि काठमाडौंका लागि हिँडेको सनफ्लावर बोकेको लु १ ख ६०५० नम्वरको ट्रक त्रिशुली नदीमा खसेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट ट्रकमा चालक मात्रै रहेको खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आफैं अनियन्त्रीत भई करिब ५० देखि ६० मिटर तल खसेको ट्रकका चालक धादिङको रोराङ गाउँपालिका–५ वेनिघाट बस्ने अन्दाजी २८/२९ बर्षीय जिवन परियार हालसम्म सम्पर्कमा नरहेको ट्राफिक चितवनले जानकारी दिएको छ ।
उनी नदीमा वेपत्ता भए वा भागे भन्ने बारे एकीन नभएको प्रहरीले जनाएको छ । ट्रक नदीमा आधा डुवेकै अवस्थामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्