
काठमाडौं । नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज स्वदेश फर्कदै छन् ।
बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली आज स्वदेश फर्कन लागेका हुन् ।
मौसम राम्रो भएको अवस्थामा नेपाली टोली बिहान सवा ११ बजे त्रिभुवन विमानस्थल आईपुग्ने नेपाल भलिबल संघले जनाएको छ ।
मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो ।
नेपाली टोली च्याम्पियनसिपका लागि पुस ५ गते ढाका प्रस्थान गरेको थियो ।
नेपाल भलिबल संघले आज दिउँसो १ बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्राङ्गणमा बधाई तथा शुभकामनाको कार्यक्रमा राखेको छ ।
सरकारले च्याम्पियन टोलीका १२ खेलाडीलाई जनही ५ लाख, दुई प्रशिक्षकलाई समान ३ लाख र एक व्यवस्थापकलाई २ लाख रुपैयासहित सम्मानित गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्