२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध


169
Shares

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको बिभिन्न ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ ।

जिल्लाको धवलागिरी गाउँपालिका गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध भए पछि जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेट सेवा अबरुद्ध भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

हिमपातले गाउँ सञ्चारबिहिन भएको छ । धौलागिरि गाउँपालिका मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे भएका छन् । धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना हिउँले ढाकीएका हुन् ।

गूर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्ग समेत हिउँले छोपेका कारण आवतजावत गर्न समस्या भएको छ । गूर्जामा लगातार हिमपात भई रहेको छ भने चार फिटसम्म हिउँ जमेको छ ।