
बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा जमेको हिउँ नेपाली सेनाले पन्छाएर सडक खुलाएको छ । सेनाको हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले देहिमाडौं, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो ।
हिमपातका कारण उक्त सडक हिजोदेखि अवरुद्ध रहेको थियो ।
कठपतेमा रहेको टेलिकमको टावर आसपास जमेको हिउँ पनि हटाएको छ । हिउँ हटाएकाले विद्युत, इन्टरनेट, सञ्चार सेवा सुचारु गर्न सहज हुने छ ।
यसैगरी, जयपृथ्वी राजमार्गको हिउँ पनि पन्छाएर सडक खुलाइएको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्