२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भाषा, संस्कृतिको संरक्षण गर्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा


65
Shares

काठमाडौं, पुष १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताउनु भएको छ ।

बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताउनु भएको हो । उहाँले आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पु¥याउँदै आएको योगदानलाई उजागर गर्न र सो समुदायको सभ्यता र सँस्कृतिलाई अरु समुदाय समक्ष चिनाउन मद्दत गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, सँस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।

गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन् । पुरानो वर्षलाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।