३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


भेट्रान्स टेनिसमा राप्रपाका पूर्व अध्यक्ष कमल थापाको जोडी विजयी


364
Shares

काठमाडौं । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाको टिमले उपाधि हात पारको छ ।

ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता“को ५५ बर्ष समुह डबल्सको रोमाञ्चक फाईनल खेलमा कमल थापा र झाम्पा ढुन्डुपको जोडी बिजयी भएको हो ।

कृष्ण घले र राजकुमार श्रेष्ठलाई २–६, ६– २ र ११–९ को प्रतिपर्धात्मक खेलमा पराजित गर्दै थापाको टिमले उपाधी कब्जा गरेको राप्रपाका नेता राजाराम वर्ताैलाले इमेज खबरलाई जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष रहनु भएका थापाले पार्टी अध्यक्षमा चुनाव हारेपनि खेलमा भने जित हात पार्नुभएको छ ।