१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


थपिए २४१ कोरोना संक्रमित, २२८ जना संक्रमणमुक्त


169
Shares

काठमाडौं, पुष १५ । नेपालमा पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८१४ पीसीआर र २ हजार ८३ एन्टिजेन परीक्षण गर्दा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य छ । हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९० जनाको मृत्यु भएको छ ।

बिहीबार २२८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४ हजार ८७१ सक्रिय संक्रमित रहेका छन् ।