
काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ ।
दाहालको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । प्रतिवेदनबारे टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए । दाहालको प्रतिवेदनमाथि छलफल सकिए लगत्तै माओवादीको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि आएका पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले इमेजखबरलाई जानकारी दिए ।
दाहालले भने प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ शुक्रबार दिनुहुने भएको छ ।माओवादीको आठौं महाधिवेशनको बन्दसत्र कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी छ । महाधिवेशनको उद्घाटन भने पुस ११ गते भएको थियो ।
प्रतिक्रिया दिनुहोस्