२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पोखराका तालहरु संरक्षण गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री खाँण


39
Shares

काठमाडौं, पुष १५ । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै उहाँले तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । रेष्टुरेण्ट एण्ड बार एसोसिएन पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३ आँै सडक महोत्सव सुरु भएको छ । गृहमन्त्री खाँणले लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार रहेको भन्दै देशका विभिन्न भू–भागहरुमा २४ घण्टा नै रेष्टुरेण्ट खुलोस् भन्ने चाहना रहेको बताउनुभयो ।

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सव कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै आयोजना गरिएको बताइएको छ ।