
काठमाडौं, पुष १५ । सनराईज बैंकले आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने भएको छ ।
बैंकको बिहीबार सम्पन्न १४ औं बार्षिक सभाले चुक्तापूँजीको ६ दशमलब ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलब ३५ प्रतिशतले नगद लामांश दिने प्रस्ताव पारित गरको हो ।
बैंकको हाल चुक्तापूँजी नौ अर्ब अड्चालीस करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात् बैंकको चुक्तापूँजीमा बृद्धि भै १० अर्ब ११ करोड बढी पुग्ने बैंकले जनाएको छ । प्रतिकूल अवस्थाका बाबजुद प्रगति जारी राखेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्