
काठमाडौं, पुष १५ । बैंकिङ प्रणाली ह्याकको फेरि चेतावनी आएको छ ।
अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो ।
कुमारी बैंकले यसबारे केन्द्रीय बैंकलाई जानकारी गराइसकेको र केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भन्दै छानबीन अगाडी बढाइसकेको जनाइएको छ ।
राष्ट्र बैंकले उच्च सतर्कता अपनाएको बताउँदै अहिलेसम्म कुनै पनि समस्या नपाइएको पनि जनाइएको छ । गत साउनमा पनि प्रणाली ह्याक गर्ने चेतावनी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्