
web pic
दाङ । दाङको श्रीगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान बसको ठक्करबाट दंगिशरण गाउँपालिका–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन के.सी.को मृत्यु भएकोे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो । ठक्कर दिने बसको पत्ता लागेको छैन् ।
सडकमा घाइते अवस्थामा भेटिएका के.सी.लाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कारवाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्