
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ ।
न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालमा परेको आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइने भएको हो ।
सुनुवाइको तेस्रो नम्बरमा तोकिएको भए पनि शुक्रबार भएकाले इजलासले दुईवटा मुद्दाको मात्र सुनुवाइ गरेको थियो । कार्की र ढुंगानाको संयुक्त इजालासमा आज २५ वटा मुद्दा परेको थियो ।
यसअघि पनि आलमविरुद्धको मुद्दा पटक–पटक हेर्न नभ्याइने र स्थगित भएको थियो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरूलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्