
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबले भेटवार्ता गर्नुभएको छ ।
मुख्यमन्त्री र राजदूतबीच भएको भेटवार्तामा दुबै देशको द्विपक्षीय सहयोगका बारेमा छलफल भएको छ ।
भेटवार्तामा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरण लगायतका परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै २ मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको मुख्यमन्त्रीको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्