
काठमाडौं, पुष १६ । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो ।
यसरी समय अगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने उहाँको दाबी छ । उहाँले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील देखिएको भन्दै सीमा मिचिँदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको आरोप लगाउनु भयो ।
नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले सरकार परिवर्तनसँगै राजदूत फिर्ता बालाउँदा राम्रो सन्देश नगएको टिप्पणी गर्नुभयो । उहाँले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
छिटो-छिटो राजदूत परिवर्तन गर्दा दुई मुलुकको सम्बन्धमा पर्ने असरलाई कम आँक्न नहुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्